• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा कोरोनाको आशंकामा ६ सय ५३ जना क्वारंटिन

सप्तरीमा कोरोनाको आशंकामा ६ सय ५३ जना क्वारंटिन

राजविराज, १२ वैशाख । सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंका गरी शुक्रवार पनि ११ महिला तथा ४८ जना पुरुष गरी ५९ जनालाई क्वारंटिन गरिएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार योसँगै क्वारंटिन गरिएकाहरुको संख्या ३९ महिला तथा ६ सय १४ पुरुष गरी ६ सय ५३ जना पुगेको हो । जसमा गत चैत्र १२ गतेदेखि शुक्रवारसम्म १६ महिला तथा ४ सय ४ सय ५४ पुरुष गरी ४ सय ७० जनालाई डिस्चार्ज गरिएको छ । ‘कोरोनाको आशंका गरी क्वारंटिन गरिएका ४ सय ७० जनालाई र्यापिड डाइग्नोटिक टेष्ट (आरडिटी) तथा केहीलाई पिसीआर विधिबाट परीक्षण गराउदा त्यस्तो केही नपाएको तथा त्यस्तो केही लक्षण समेत नपाएपछि उनीहरुलाई घरमै क्वारंटिनमा वस्न सुझाव दिएर पठायौं’ कार्यालयका प्रमुख दुनियालाल यादवले भने–‘तथापी उनीहरुमाथि निगरानी राख्छौं।’
उनले हाल सप्तरीका स्थानीय तहहरुले सञ्चालन गरेको क्वारंटिनमा २३ महिला तथा १ सय ६० पुरुष गरी १ सय ८३ जना रहेको बताए ।
४७ जनाको पिसीआर, ५ जनाको रिपोर्ट आउन बाँकी
शुक्रवार पनि कोरोना भाइरसको आशंका गरिएका २४ जनाको र्यापिड डाइग्नोटिक टेष्ट(आरडिटी) गरिएको छ । योसँगै जिल्लामा ७ सय १५ जनाको आरडिटी गरिएको छ ।
जसमा ४ जनाको आरडिटी पोजेटिभ देखिएकोमा पिसीआर विधिबाट परीक्षण गराउँदा चार जनाकै रिपोर्ट नेगेटिभ आएको राजविारजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए ।
उनका अनुसार ४७ जनाको पिसीआर विधिबाट परीक्षण गराइएकोमा ४२ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ भने ५ जनाको रिपोर्ट आउन बाँकी रहेको मेडिकल सुपरिन्टेन्डेन्ट डा.दासले बताए । शुक्रवार भने एक जना आइसोलेसनमा रहेको छ ।