राजविराज, १० वैशाख । सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंका गरिएका ६ सय ४ जनाको र्यापिड डाइग्नोटिक टेष्ट (आरडिटी) गरिएको छ ।
बुधवारसम्म ७२ जना महिला र ५ सय ३२ पुरुष गरी ६ सय ४ जनाको आरडिटी गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । आरडिटी गरिएका ४ जना पुरुषको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
जसमा ३ जनाको थ्रोट स्वाब संकलन गरी पिसीआर विधिबाट परीक्षण गराइएकोमा तीनै जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।
अन्य डाक्नेश्वरी नगरपालिकाका एक जनाको थ्रोट स्वाब संकलन गरी पिसीआर विधिबाट परीक्षण्कालागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने केही समयभित्रै उनको रिपोर्ट आइसक्ने प्रमुख यादवले जानकारी दिए ।
यसैगरी ७२ जना महिला र ५ सय २८ जनाको आरडिटी नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।