• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

सप्तरीबाट ९ जनाको स्वाब परीक्षणकालागि धरान पठाईयो

सप्तरीबाट ९ जनाको स्वाब परीक्षणकालागि धरान पठाईयो

राजविराज, २० चैत्र । सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) को आशंका देखिएका ९ जनाको स्वाब टेष्टकालागि आज (विहिवार) सुनसरीको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
भारतको विभिन्न ठाँउबाट जमातमा सहभागी भएर घर फर्किएका राजविराज नगरपालिकाका ८ जना तथा गत चैत्र ४ गते फ्रान्सको विमानमा नेपाल फर्केका तिलाठी कोइलाडी गाउँपालिकाका १ गरी ९ जनाको स्वाब टेष्टकालागि पठाइएको हो । उनीहरुको स्वाब संकलन गरी पुनः क्वारेन्टाइनमा पठाइएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिएका छन् ।
उनीहरुको स्वाव परीक्षण वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजित कुमार झाको नेतृत्वमा नमूना संकलन गरिएको छ । अहिले ९ जनाकै अवस्था सामान्य रहेपनि स्वाब रिपोर्ट आएपछि मात्रै थप कुरा स्पष्ट हुने तथा स्वाब रिपोर्ट आउन २–३ दिन लाग्नसक्ने मेसु डा.दासले जानकारी दिए । भारतबाट आएका ८ जनालाई राजविराज नगरपालिका वडा नम्वर ४ स्थित तथा अन्य १ जनालाई साइकृष्णा अस्पतालको क्वारेन्टाइनमा राखिएको अस्पताल प्रशासनले जनाएको छ ।