• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
यादवको अध्यक्षतामा समाजवादी युवा संघ गठन

राजविराज, १८ फागुन । तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकतापछि जिल्लास्तरमा रहेका भातृ संगठनहरुबीच समायोजन प्रक्रिया जारी रहेको छ । पछिल्लो पटक आईतवार फोरम नेपालआवद्ध समाजवादी युवा फोरम सप्तरी र नयाँ शक्ति पार्टी नेपालआवद्ध युवा शक्ति नेपाल सप्तरीबीच समायोजन भएको छ ।
सप्तरीको राजविराजमा आईतवार आयोजना गरिएको पार्टीआवद्ध नेता तथा कार्यकताहरुको बैठकले केन्द्रिय समितिमा भएको निर्णयअनुसार दुवै भातृ संगठनबीच समायोजन गरिएको हो । समाजवादी युवा फोरम सप्तरीका अध्यक्ष विशाल यादवको अध्यक्षता तथा दुवै पार्टी एकता भएर बनेको समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं समायोजन समितिका संयोजक विनोद चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले समायोजन प्रक्रिया सकिएको छ ।
समायोजनसँगै शिवशंकर यादवको नेतृत्वमा १६ सदस्यीय समाजवादी युवा संघ गठन गरिएको छ । संघको उपाध्यक्षमा राजिवकुमार साह, सचिवमा केदार यादव, कोषाध्यक्षमा नितुकुमार पण्डित, सह सचिवमा सुधिर यादव सर्वसम्मतले चयन भएका छन ।
यसैगरी सदस्यहरुमा ओमप्रकास यादव, फुलेश्वर साह, राजकिशोर यादव, धर्मदेव सिंह, मो.अन्सारुल, सुरेश महतो, कपिलदेव साह, धिरेन्द्र चौधरी, नवीनकुमार यादव र रवि राउत चयन भएको युवा संघ सप्तरीले जनाएको छ । बैठकमा समाजेवादी पार्टीका केन्द्रिय सदस्यहरु शैलेन्द्र चौधरी, भिमराज यादव तथा केन्द्रिय सदस्य एवं जिल्ला संयोजक सत्यनारायण यादव, युसुफ अली, किरण साह लगायतका विशिष्ट अतिथीहरुको सहभागीता थियो ।