राजविराज, १७ फागुन । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ५ बनरझुलाबाट शनिवार लागुऔषधसहित दुई जना युवकलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्वर ४ का २१ वर्षीय मो.अजाद हुसेन र सोही ठाउँका २२ वर्षीय बैजु साह रहेका छन । मोटरसाईकलमा सवार भई भारतबाट नेपालतर्फ आउने क्रममा चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार उनीहरुको साथबाट ६–६ थान डाईजेलेप ट्याब्लेट र लुपिनोसिक इन्जेक्शन र ७ थान फेनरगन इन्जेक्शन गरी कुल १९ थान लागुऔषध बरामद भएको हो । मोटरसाईकलसहित दुवै जनालाई नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।