Top_Header_Right_Add

जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

राजविराज, १७ फागुन । कोशी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीको आक्रमणबाट शनिवार सप्तरीमा एक महिलाको मृत्यु भएको छ । घाँस काट्न आरक्षमा पसेकी कञ्चनरुप नगरपालिका वडा नम्वर ५ की ४१ वर्षीया चन्द्रिका देवी मुखियामाथि जङ्गली हात्तीले आक्रमण गरेको हो ।
आक्रमणमा परी मुखियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी तिलक भारतीले जानकारी दिएका छन । घटनाको जानकारी लगत्तै प्रहरी चौकी धरमपुर र ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।
जङ्गली हात्ती नियन्त्रण गर्न अझै भएन ठोस पहल
सप्तरीको उत्तरी–पूर्वी भेगका वासिन्दाकालागि अभिश्राप नै बनेको छ, कोशी टप्पु वन्यजन्तु आरक्षको जङ्गली हात्ती । सप्तकोशी, कञ्चनरुप, खडक, शम्भुनाथ र सुरुङ्गा नगरपालिका तथा तिरहुँत, रुपनी र महादेवा गाउँपालिकामा हात्तीले दिनहुँजसो आतंक मचाउँदै आएको छ भने आफ्नै गाउँठाउँमा पनि स्थानीयहरुलाई त्रासपूर्ण वातावरणमा बस्नुपर्ने बाध्यता छ ।
हात्तीले गरेको मानवीय क्षतिको भयावह अवस्था छ । पछिल्लो तथ्याङ्क अनुसार सो भेगमा हात्तीको आक्रमणमा परि २२ भन्दाबढी व्यक्तिले अनाहकमा ज्यान गुमाएका छन । हात्ती आक्रमणले पाँच दर्जनभन्दाबढी व्यक्ति घाइते हुनु, घर भत्काइदिनु, घरभित्र रहेका अन्नपात खाइदिनु, बालीनालीमा क्षति प¥याइदिनु जस्ता घटना त्यस भेगमा बसोवास गर्नेकालागि नियति बनेको छ । तथापी, स्थानीय, प्रदेश र संघ सरकारले जङ्गली हात्ती नियन्त्रण गर्नेतर्फ ठोस पहल भने गरेको छैन ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer