राजविराज, २४ माघ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र राजविराजस्थित नेपाली सेनाको भीमदल गणको संयुक्त आयोजनामा तिलाठीमा शुक्रबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
गाउँपालिकाको प्राङ्गणमा आयोजित उक्त शिविरमा विभिन्न वडाका गरी १ सय ६५ जनाले जाँच गराएको गाउँपालिकाका स्वास्थ्य संयोजक शैलेश कुमार मिश्रले जानकारी दिएका छन् । शिविरमा नेपाली सेनाका डा. राकेश रोशन र डा. शशी टण्डनसहितको स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य जाँच गरेको भीमदल गणका क्याप्टेन कमल श्रेष्ठले जानकारी दिएका छन् ।
शिविर समापनको अवसरमा चिकित्सकसहितका स्वास्थ्यकर्मी तथा सहयोगीहरुलाई गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले प्रशंसा पत्र प्रदान गरेका छन् ।