• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

दादुरा–रुबेला खोप अभियानबारे अन्तरक्रिया

दादुरा–रुबेला खोप अभियानबारे अन्तरक्रिया

राजविराज, २३ माघ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीद्वारा दादुरा–रुबेला खोप अभियानबारे एक दिने अन्तरक्रिया कार्यक्रम बिहीवार राजविराजमा आयोजना गरियो ।
कार्यक्रमका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले विभिन्न सरुवा रोगबाट आफु पनि बचौं र अरुलाई पनि बचाउन सावधानी अपनाउनुपर्नेमा जोड दिए । नेपालबाट दादुरा–रुबेला रोगलाई अन्त्य गर्नकालागि जारी अभियानलाई सफल पार्न आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गरे ।
कार्यक्रममा राजविराज नगरपालिकाका उपमेयर साधना झा, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दास लगायतले खोपको प्रभावकारिताबारे मन्तव्य व्यक्त गरे । उक्त कार्यक्रमा स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले दादुरा–रुबेला खोप फाल्गुन १ गतेदेखि जिल्लाका सबै पालिकाहरुको प्रत्येक वडाहरुमा सञ्चालन हुने जानकारी दिए ।
यस अभियानमा ३ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेला रोग विरुद्ध खोप लगाउन आग्रह गरे । तीन चरणको खोज अभियानको पहिलो चरणमा फागुन १ गतेदेखि ९ गतेसम्म, दोस्रो चरणमा फागुन ११ गतेदेखि १८ गतेसम्म र तेस्रो चरणमा फागुन २१ गतेदेखि २९ गतेसम्म १ महिने अभियान सञ्चालन गरिने जानकारी दिईएको छ ।
सोही कार्यक्रममा स्वास्थ्य प्रमुख यादवले डर लाग्दो सरुवा रोग कोरोना भाइरसबाट बच्न सावधानी तथा जनचेतनाको वारेमा अपनाउनुपर्ने उपायको बारे सहजिकरण गरिएको छ ।