राजविराज, २० माघ । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर–४ सखुवामा सोमबारदेखि दोश्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता २०७६ शुरु भएको छ ।
सखुवास्थित कृषि हाट–बजारमा शुरु भएको प्रतियोगिताको एक कार्यक्रम बीच शम्भुनाथ नगरपालिकाका उप–प्रमुख कबिता कुमारी सरदारले उद्घाटन गरे । उद्घाटन खेलमा पडरिया सिरहा ए टीम विजयी भएको छ ।
निर्धारित समयमा इटहरी सुनसरी टीम नआएपछि सिरहा ए लाई वाक ओभर दिएर बिजेता घोषणाा गरिएको हो । प्रतियोगिता अन्तर्गत मङ्गलवार फतेपुर सप्तरी र सिरहा बी बिच हुने जनाएको छ । शम्भुनाथ नगरपालिका वडा नम्बर–४ का वडाअध्यक्ष अरण चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा शम्भुनाथ नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष शत्रुधन प्रसाद चौधरी, आयोजक प्रगतिशिल युवा क्बलका अध्यक्ष सचिन्द्र कुमार चौधरीले मन्तव्य व्यक्त गरे ।
शम्भुनाथ प्रगतिशिल युवा क्लबको आयोजनामा शुरु भएको प्रतियोगितामा सप्तरी, सिरहा, सर्लाही, उदयपुर र सुनसरीका विभिन्न ९ टीमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेताले रू ५० हजार नगद तथा कप र उपबिजेताले रू ३० हजार नगद र मेडल पाउने छन् ।