राजविराज, १६ माघ । अस्थायी शिक्षक आन्दोलन परिचालन संघर्ष समितिद्वारा विहीबार जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवलाई ध्यानाकर्षण–पत्र बुझाईएको छ ।
संघर्ष समितिका अध्यक्ष ललन झाको नेतृत्वमा अस्थायी शिक्षकहरुको टोलीले ध्यानाकर्षण–पत्र बुझाएका हुन् । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा प्रदेश समन्वय परिषद्को पुस २६ र २७ गतेको तेस्रो बैठकमा अस्थायी शिक्षकहरुको व्यवस्थापन सम्वन्धमा गरिएको प्रस्ताव तथा निर्णयलाई स्थानीय तहहरुमा समन्वय तथा पहल गरिदिन समितिले समन्वय समितिका प्रमुख यादवसँग आग्रह गरेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख यादवले अस्थायी शिक्षकहरुको माग जायज रहेको भन्दै स्थानीय तहहरुमा समायोजनकालागि आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।