• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मटिगढीका १३ छात्रछात्रालाई साइकल वितरण

मटिगढीका १३ छात्रछात्रालाई साइकल वितरण

बिरेन्द्र बजार, १६ माघ । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ का जनता आधारभुत विधालय मट्टीगढीका १३ जना छात्रछात्रालाई बिहिवार साईकल वितरण गरिएको छ ।
अग्निसाईर कृष्णासवरन गाउँपालिका–३ नम्बर वडा कार्यालयद्वारा कक्षा ९ मा अध्ययनरत छात्रछात्रालाई साइकल वितरण गरेको हो । अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अरुण कुमार चौधरीको अध्यक्षतामा आयोजित एक समारोहका बिच कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले विद्यार्थीहरुलाई साईकल बितरण गरे ।
‘आजको आबश्यकता सबैकोलागि शिक्षा तथा साईकल बितरण कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष चौधरी, पूर्व विधायक असर्फी सदा, मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानका सप्तरी संयोजक दिल कुमारी चौधरी, विधालय व्यवस्थापन समितिका अध्यक्ष अरुण कुमार चौधरी, गोपाल चौधरी, राम कुमार यादव, रिता चौधरी, बच्चु राम देविलाल लगायतकाले मन्तव्य ब्यक्त गर्दै साईकल वितरण कार्यक्रमले बिद्यार्थीहरुलाई पढाईप्रति प्रोत्साहन मिलेको बताए । शिक्षक बालाकान्त चौधरीद्वारा सञ्चालित कार्यक्रममा स्वागत विधालयका प्रधानाध्यापक हंसराज चौधरीले गरे ।