• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

दृष्टिविहिन दलित परिवारलाई आहतमा ‘सारा’ को राहत

‘सकिन्छ भने तपाईहरुपनि उहाँहरुको जीवनयापन सहज पार्नेतर्फ सहयोगी हातहरु अघि बढाउनुस्’
दृष्टिविहिन दलित परिवारलाई आहतमा ‘सारा’ को राहत

राजविराज, १६ माघ । यस ‘न्यूज टुडे दैनिक पत्रिका’ ले गत माघ ४ गते सार्वजनिक गरेको ‘कष्टकर, अभाव र अँध्यारो संसारमा संघर्षरत भोल्वीदेवी मोची’ शीर्षकको समाचारतर्फ काठमाडौंस्थित एक संस्थाको ध्यानाकर्षण भएको छ ।
बुधवार काठमाडौंस्थित ‘सारा फाउण्डेशन’ आवद्ध एक टोलीले सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्वर ४ सिल्हटकी दृष्टिविहिन मोची परिवारलाई घरमै पुगेर राहत स्वरुप लत्ताकपडा तथा खाद्यान्न सामग्री उपलब्ध गराएका छन् । फाउण्डेशनकी अध्यक्ष सर्मिला थापासहितको टोलीले दृष्टिविहिन दलित परिवालाई तीन बोरा चामल, तीन थान ब्ल्यानकेट, एक कार्टुन खाने तेल, एक बोरा दाल, दुई बोरा चिउरा लगायतका सामग्रीहरु प्रदान गरेका हुन् ।


सो सरसमान वितरण गर्दै अध्यक्ष थापाले दृष्टिविहिन परिवारलाई दैनिक चलाउन केही रुपमा सहज होस् भने मनसायले आफुहरुले सानो प्रयास गरेको बताइन् । ‘ठुलो सहयोग गर्न नसकेपनि दृष्टिविहिन परिवारलाई ठण्डी काट्न मद्दत होस् भने मनसायले हामीले राहत स्वरुप केही सामग्री उपलब्ध गरायो’ उनले भनिन्–‘उहाँहरुको अवस्था ज्यादै नै दयनिय रहेपनि यो राहत सामग्रीले केही हदसम्म जीवनयापन गर्न सहजता हुनेछ ।’
उनले दृष्टिविहिन वेसहारा आमालाई सन्तान हुर्काउन, बढाउन र पढाउन समस्या भईरहेकोले उनीहरुको सहज जीवनयापनका निम्ति अन्य सहयोगी हातहरुको पनि आवश्यकता रहेको बताएकी छिन् । ‘सकिन्छ भने तपाईहरुपनि उहाँहरुको जीवनयापन सहज पार्नेतर्फ सहयोगी हातहरु अघि बढाउनुस्, उनले थपिन् ।’


मागेरै कष्ट र अभावपूर्ण रुपमा दिन काटिरहेकी दृष्टिविहिन मोची ठण्डी कारण हिलडुल गर्न समस्या नसक्दा एक छाक मात्र खाएर आफु र आफ्ना १० वर्षिय छोरा दिपकको गुहारा चलाउदै आएको समाचार सार्वजनिक गरेका थियौं । जन्मजात नै दृष्टिविहिन रहेकी मोचीले विवाह गरेको पाँच वर्ष पति उखम मोचीको मृत्यु भएपछि उनी गाउँले र छिमेकीकोमा मागेरै गुजारा चलाउँदै आएकी छिन् ।
दिपकको बोदे बरसाईनस्थित चन्द्रा उच्चमाध्यमिक विद्यालयमा नाम लेखाएपनि यतिवेला न्यानो कपडा नहुँदा उनलाई विद्यालय जान समेत समस्या हुने गरेको छ । मोचीले आफुहरुको जनजीवन सहज पार्नेतर्फ ध्यान पु¥याईदिन सवैमा आग्रह समेत गरेकी थिइन् ।