• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

राजविराज जेसीजको नयाँ कार्यसमितिको पदास्थापन

राजविराज जेसीजको नयाँ कार्यसमितिको पदास्थापन

राजविराज, ११ माघ । सप्तरीस्थित राजविराज जेसीजमा महिला अध्यक्षको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ । जेसीज भवनमा शनिवार आयोजित ४५ औं पदस्थापन समारोहमा अध्यक्षका रुपमा नानीमैया कटवालको नेतृत्वमा गठित नयाँ कार्यसमितिको पद हस्तान्तरण तथा पदास्थापन कार्यक्रम सम्पन्न भएको छ ।
संस्थापक अध्यक्ष प्रदेश योजना आयोग प्रदेश नम्वर १ का उपाध्यक्ष सुबोधराज प्याकुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा चेन हस्तान्तरण तथा पदस्थापन कार्यक्रमको आयोजना गरिएको हो । राजविराज जेसीज २०१९ का अध्यक्ष संजय दासको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, राजविराज नगर प्रमुख शम्भुप्रसाद यादव, नेपाल जेसीजका निरुपित उपाध्यक्ष कञ्चन झा, राजविराज जेसीजका संस्थापक एवम पूर्व अध्यक्ष शंकर शारदा, सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान, राजविराज ८ का वडा अध्यक्ष जयनारायण मण्डल, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, जनज्योति कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष विश्वनाथ मण्डल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली सेनाका गणपति गुप्तबहादुर कुँवर, प्रहरी उपरिक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरिक्षक उद्धव न्यौपाने, वन कार्यालयका प्रमुख सन्तोष झा, महिला मानवअधिकार रक्षक सञ्जाल सप्तरीकी अध्यक्ष अनीता देवकोटा, दुहबी जेसीजका पूर्व अध्यक्ष सुभाष भट्टराई, प्याब्सनका केन्द्रीय सल्लाहकार अनील झा, केन्द्रीय सदस्य रीभा झा, जिल्ला उपाध्यक्ष संजय शर्मा, साहित्यकार नन्दलाल आचार्य, ग्लोबल बहुमुखी सहकारी संस्थाका अध्यक्ष सुखराम यादव, सप्तरी बार एकाईका अध्यक्ष डोमन साह, सप्तरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासलगायतको सहभागिता थियो ।
राजविराज जेसीज २०१९ का अध्यक्ष संजय दासको अध्यक्षतामा भएको कार्यक्रममा राजविराज जेसीजका पूर्व अध्यक्षहरु जगदीश अर्याल, रमेश शारदा, कुवरसिंह तातेड, शंकर दास, संजय पूर्वे, मनोहर पोखरेल, दिपेन्द्र दास, मिलन सिंह, सन्तोष सिन्हा, कृष्णकुमार देवलगायत अधिकारकर्मी, शिक्षक, समाजसेवी, सञ्चारकर्मी, उद्योगी, व्यापारीको उपस्थिती रहेको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कटवालले जेसीजको विधान, भावना र मान्यताअनुरुप जेसीज अभियानलाई सशक्त ढंगले अघि बढाउने र ऐतिहासिक कार्यकाल बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् । यसअघि निर्वाचन संयोजक कृष्णकुमार देवले अधयक्षमा कटवाल, कार्यकारी उपाध्यक्षहरुमा गणेश दास, विप्लब आनन्द, मनिष दास, उपाध्यक्षहरुमा पंकज देव, रन्जना चौधरी, मीना साह र सुनिलराज दास निर्वाचित भएको घोषणा गरेका थिए ।