• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

घुस रकमसहित जिल्ला प्रशासन कार्यालयका कर्मचारी पक्राउ

घुस रकमसहित जिल्ला प्रशासन कार्यालयका कर्मचारी पक्राउ

राजविराज, ०९ माघ । सप्तरीको राजविराजस्थित जिल्ला प्रशासन कार्यालय सप्तरीका एक कर्मचारीलाई विहिवार घुस रकमसहित पक्राउ गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले कार्यालय सहयोगी केशवकुमार यादवलाई घुस रकमसहित रङ्गेहात पक्राउ गरेको हो । करारमा कार्यरत रहेका यादवले सेवाग्राहीलाई मुद्दा मिलाईदिन्छु भन्दै ४ हजार रुपैयाँ मागेका थिए ।
गोप्य सुचनाको आधारमा खटिएको अख्तियारको टोलीले जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटबाटै यादवलाई रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
घुस रकमसहित पक्राउ गरिएको यादवलाई थप अनुसन्धानकालागि आयोगको सम्पर्क कार्यालय इटहरी लगिएको छ ।