• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रहरीलाई फ्लोरेन्ट ज्याकेट हस्तान्तरण

प्रहरीलाई फ्लोरेन्ट ज्याकेट हस्तान्तरण

राजविराज, ०८ माघ । सप्तरीको राजविराजमा बुधवार आयोजित एक कार्यक्रमबीच प्रहरीलाई फ्लोरेन्ट ज्याकेट हस्तान्तरण गरिएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सो फ्लोरेन्ट ज्याकेट प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
सबल नेपाल सप्तरीका कार्यकारी निर्देश दिपक झाले ३ सय थान ज्याकेट प्रमुख जिल्ला अधिकारी खनाल र जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई हस्तान्तरण गरेका हुन् । सोही कार्यक्रममा महिला मानव अधिकार रक्षक संजाल, सप्तरीकी अध्यक्ष अनिता देवकोटा र सह–सचिव मनु खनाललाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट प्राप्त भएका प्रशंसा पत्र समेत प्रमुख जिल्ला अधिकारी खनाल र प्रहरी उपरिक्षक प्रसाईले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।