• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सांस्कृतिक पर्वहरुको रक्षाका निम्ति प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री राउत

सांस्कृतिक पर्वहरुको रक्षाका निम्ति प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री राउत

राजविराज, ०१ माघ । प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले देशको गहनाको रुपमा रहेको सांस्कृतिक पर्वहरुको रक्षाका निम्ति प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका–९ वसवलपुरमा थारु कल्याणकारीसभा सप्तरी क्षेत्र नम्बर ३ ले वुधवार आयोजना गरेको माघी महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘सांस्कृतिक पर्वहरु देशको गहना हो’ उनले भने–‘यी पर्वहरुको रक्षाका निम्ति प्रदेश प्रतिवद्ध छ ।’
मुलुकमा आएको परिवर्तनमा थारु समुदायको ठूलो योगदान रहेको चर्चा गर्दै मुख्यमन्त्री राउतले पहिचानको मुद्दा स्थापित गर्न माघी महोत्सवले सहयोग पु¥याएको बताए । ‘थारु समूदायको पहिचानसँग जोडिएको छ माघी पर्व’ उनले भने–‘यो पर्वले राष्ट्रिय एकतामा थप बल पुगेकोछ ।’
थारु कल्याणकारी सभा क्षेत्र नम्बर ३ का सभापति सिमृकलाल चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्यद्वय विनोद चौधरी र अशोक कुमार चौधरी, राष्ट्रिय परिषद् सदस्य कन्तलाल चौधरी, आदिवासी नेता पुर्ण प्रसाद चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।