• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

आफ्नै सन्तानलाई हत्या गरेको आरोप शर्मा पक्राउ

आफ्नै सन्तानलाई हत्या गरेको आरोप शर्मा पक्राउ

राजविराज, ०१ माघ । आफैंले जन्म दिएको शिशुलाई हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाईंका अनुसार रुपनी गाउँपालिका वडा नम्वर ३ की २५ वर्षीया उमादेवी शर्मालाई आफ्नै सन्तानको हत्या गरेको आरोप पक्राउ गरिएको हो ।
शर्माले गत शनिवार नवजात शिशुलाई जन्म दिएर हत्या गरेको प्रहरीले जनाएको छ । शर्मामाथि कर्तव्य ज्यान शीर्षक अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको एसपी प्रसाईंले बताए ।