• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पत्रकार महासंघ शाखा सप्तरीलाई सात बुँदे ध्यानाकर्षण–पत्र

पत्रकार महासंघ शाखा सप्तरीलाई सात बुँदे ध्यानाकर्षण–पत्र

राजविराज, १ माघ । पत्रकार श्रवण कुमार देवको नेतृत्वमा पत्रकारहरुको एक टोलीले सात बुँदे ध्यानाकर्षण–पत्र नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा बुझाएको छ ।
पेशागत विषयवस्तु समावेश गरिएको उक्त ध्यानाकर्षण–पत्र पत्रकार देवले नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवलाई बुझाएका हुन् । महासंघ शाखा सल्लाहकार समेत रहेका उनले उक्त ध्यानाकर्षणपत्र बुझाउँदै अविलम्ब पहलकालागि आग्रह समेत गरेका छन् ।
पत्रकारमाथि आएका विभिन्न धम्कीहरुबारे पहल नगरिएको भन्दै आगामी दिनमा यस्ता समस्याहरुलाई गम्भीरतापूर्वक लिन माग गरिएको छ । सदस्यता नविकरणको सम्वन्धमा महासंघको केन्द्रिय समितिले राजनीतिक दलमा लागेका, सरकारी कर्मचारीको सदस्यता नविकरण नगर्ने भनी गरिएको निर्णयको पूर्ण पालना गरिनुपर्ने, नयाँ सदस्यताको सन्दर्भमा पत्रकारिता गर्ने पत्रकारहरुलाई सदस्यता वितरण गरिनुपर्ने तथा गैर पत्रकारलाई सदस्यता नदिईनुपर्ने भनी महासंघ शाखा सप्तरीलाई ध्यानाकर्षण गराएको छ ।
महासंघ शाखाको कञ्चनरुप नगगरपालिकामा भएको धारापानीमा भएको साधारणसभाको निर्णयहरु कार्यान्वयन गरी सार्वजनिक गरिनुपर्ने, महासंघमा रहेको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार कोष र पत्रकार कल्याण कोषमा अध्यक्ष र कोषाध्यक्ष बाहेक कोषका संस्थापकमध्येबाट एक जना समेतको हस्ताक्षर रहने गरी संयुक्त खाता सञ्चालन गर्न ध्यानाकर्षणपत्र मार्फत आग्रह गरिएको छ । पत्रकार महासंघका पत्रकारहरुले दर्ता गराएको निवेदनमाथि हालसम्म सुनुवाई नभएको भन्दै यथासिघ्र सुनुवाई हुनुपर्ने तथा महासंघमा खरिद भएका सामग्रीहरुको विवरण सार्वजनिक गर्न समेत आग्रह गरिएको छ ।
ध्यानाकर्षणपत्र बुझ्दै महासंघका उपाध्यक्ष यादवले सुझावसहितको ध्यानाकर्षणपत्र कार्यसमितिमा पेश गरिने पत्रकारहरुको टोलीलाई जानकारी गराएका छन् । ध्यानाकर्षणपत्रमा उल्लेख गरिएका अधिकांश विषयहरु प्रक्रियामा रहेकाले सकारात्मक विषयहरुलाई कार्यान्वयन गरिने समेत उनले प्रतिवद्धता व्यक्त गरे ।