राजविराज, १ माघ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले ७ बुँदे प्रतिवद्धता जनाएसँगै दुई सातादेखि आन्दोलित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छिन्नमस्ता संघर्ष समितिले आन्दोलनका सवै कार्यक्रम स्थगित गरेको छ ।
समितिआवद्ध नेता तथा कार्यकर्ता र जनप्रतिनिधि तथा कर्मचारीबीच मङ्गलवार भएको छलफलबाट सो निर्णय भएको हो । ‘गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुसँग छलफल भयो’ संघर्ष समितिका अध्यक्ष विनोदकुमार यादवले भने–‘छलफलको क्रममा ७ बुँदे प्रतिवद्धता जनाएपछि आन्दोलनका सवै कार्यक्रम स्थगित गरेको हो ।’
समितिले १४ बुँदे मागसहित गत पुस १५ गते मङ्गलवारदेखि चरणवद्ध रुपमा आन्दोलन थालेका थिए भने गाउँपालिका कार्यालय अगाडी धर्ना बस्दै आएका कारण कार्यालयको कामकाज समेत प्रभावित रहँदै आएको थियो ।
राष्ट्रिय
छिन्नमस्ता सघर्ष समितिको आन्दोलन स्थगित
गाउँपालिका कार्यालयद्वारा ७ बुँदे प्रतिवद्धता