• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

धर्मीहल्फाद्वारा ठण्डी पीडितहरुलाई ब्ल्याङकेट

धर्मीहल्फाद्वारा ठण्डी पीडितहरुलाई ब्ल्याङकेट

बृजमान तामाङ
बिरेन्द्र बजार, २७ पुस । नेपाल तामाङ महिला घेदुङ अग्निसाईर कृष्णासवरन गाउँपालिकाको बिशेष पहलमा धर्मीहल्फा महिला विकास क्लब सप्तरीद्वारा आईतवार ठण्डी पीडितहरुलाई ब्ल्याङकेट वितरण गरिएको छ ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर–२ चाँदनी चौकमा हेल्प नेपाल नेटवर्क काठमाडौको सहयोग तथा धर्मीहल्फा महिला बिकास क्लबद्वारा आयोजित एक समारोहका बीच ३५ जना ठण्डी पीडितलाई ब्ल्याङ्केट वितरण गरिएको हो । नेपाल तामाङ महिला घेदुङ अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष सरस्वती गोले तामाङको अध्यक्षता तथा अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरीकोको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा ब्ल्याङ्केट वितरण गदै अध्यक्ष चौधरीले सरकारले गर्न’पर्ने काम धर्मिहल्फाले गरेको भन्दै प्रशंसा गरे । उनले विपदको घडिमा ब्ल्याङ्केट सहयोगले ठण्डीपीडितहरुलाई ठूलो राहत मिल्ने भएकोले निरन्तरता हुनुपर्नेमा जोड दिए । धर्मीहल्फा महिला विकास क्लवका अध्यक्ष समाजसेवी ईन्जिनियर सूर्यनारायण यादवले ठण्डी पीडितहरुको सेवामा समर्पित हुन पाउँदा खुशी लागेको बताए ।
कार्यक्रमबारे प्रकाश पार्दै यादवले विपदको घडीमा क्लवद्वारा पीडितहरुलाई सहयोग गर्दै आएको जानकारी गराए । नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले ठण्डी पीडितको राहत र उद्वार कार्यमा जुटेको भन्दै तामाङ महिलाहरुलाई धन्यवाद दिए । तामाङ्ले समाजमा हुने बिकृतीलाई न्यूनिकारण गर्दै समाज सुधार गर्ने कार्यमा सक्रिय रहन आग्रह गरे ।
ईलाका प्रहरी कार्यालय महुलीका प्रहरी नायब निरीक्षक प्रशान्त प्रसाद प्रसाईले ब्ल्याङ्केट वितरणसंगै कार्यक्रमले जाडोबाट जोगिन न्यानो कपडा लगाउनुपर्ने र तातो सामाग्रीको प्रयोग गर्नुपर्ने सन्देश दिएको बताए । चाँदनी चौक स्थित महिला घेदुङको कार्यालयमा आयोजित कार्यक्रममा अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर–२ का वडा सदस्य श्रीकुमारी चौधरी, नेपाल आदिवासी जनजाति महासंघ अग्निसाईर कृष्णासवरन गाउँकालिका उपाध्यक्ष श्याम कुमार चौधरी, नेपाल तामाङ घेदुङ अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष सन्जमान तामाङ, वडा नम्बर २ का अध्यक्ष भक्त बहादुर तामाङ लगायतले मन्तव्य व्यक्त गरे । समाजसेवी ईन्जिनियर यादवले बिपदको जोखिममा परेकाहरुलाई गरेको योगदानबाट सबैलाई पाठ सिकाएको बताए ।
नेपाल तामाङ घेदुङ सप्तरीका सचिब सूर्यमान तामाङद्वारा सञ्चालित कार्यक्रममा स्वागत नेपाल तामाङ संस्कृति घेदुङ सप्तरीका अध्यक्ष टिक बहादुर तामाङले गरे । कार्यक्रममा अग्निसाईर कृष्णासवरन २ का आदिवासी जनजाति समुदायका ज्येष्ठ नागारिक, फरक क्षमता भएको व्यक्ति र अति विपन्न ३५ जना ठण्डी पीडितलाई राहत वितरण गरिएको छ ।