राजविराज, २७ पुस । धनुषाको मिथिला नगरपालिका–५ श्रीनगरका दिलीप महतोको हत्याको विरोधमा जनमत पार्टी निकट स्वतन्त्र यूवा विद्यार्थी समूह सप्तरीद्वारा राजविराजमा प्रदर्शन गरिएको छ ।
महतोलाई वातावरण संरक्षक सहीद घोषणा गर्नुपर्ने लगायतका माग राख्दै यूवाहरुले प्रदर्शन गरेका हुन् । गजेन्द्र चौकबाट निकालिएको विरोध जुलुस सहीद दशन चौकमा पुगी सभामा परिणत भएको थियो । विद्यार्थी जनमत संघ सप्तरीको अध्यक्ष राजिव साहको अध्यक्षतामा आयोजित कोणसभामा जनमत पार्टीको केन्द्रीय सदस्य तथा सप्तरीका ईन्चार्ज सुरेन्द्र मधेसी, सञ्जय मधेसी, इन्द्रदेव यादव, रमेश यादव, शिवम जादव, कमल कुमार मण्डल, धिरज मण्डल, बालकृष्ण पण्डित लगायतका यूवाहरु महतोलाई सहीद घोषणा गर्न माग गरे ।
बालु, गिट्टी, ढुङ्गा लगायतका प्राकृत श्रोतहरु दोहन भईरहेको भन्दै महतोले विरोध जनाउँदैआएका थिए । सोही विषयलाई लिएर टिपरले किचेर उनको हत्या गरिएको पीडित परिवारको दावी छ ।