• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीका पत्रकार व्यासशंकर, विद्यानन्द र दिनानाथ पुरस्कृत

सप्तरीका पत्रकार व्यासशंकर, विद्यानन्द र दिनानाथ पुरस्कृत

राजविराज, २६ पुस । नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा शनिवार आयोजित समारोहका बीच तीन जना पत्रकार पुरस्कृत भएका छन् ।
लोकेन्द्र स्मृति दिवसको अवसरमा महासंघले आयोजना गरेको पुरस्कार वितरण समारोहमा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष, सत्यापन साप्ताहिकका सम्पादक एवम् द हिमालयन टाइम्सका सम्वाददाता व्यासशंकर उपाध्यायलाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । उनी विगत साढे दुई दशकदेखि पत्रकारिता पेशामा सक्रिय छन् । सप्तरीका वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईद्वारा आफ्ना माता–पिताको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशी पाँच हजार पाँच रुपैयाँ रहेको छ ।
यसैगरी जनता टेलिभिजनका सम्वाददाता र न्यूज टुडे दैनिकका प्रमुख सम्वाददाता विद्यानन्द रामलाई महासंघद्वारा स्थापित लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । उक्त पुरस्कारको राशी पाँच हजार पाँच रहेको छ । पत्रकार राम विगत सात वर्षदेखि पत्रकारिता पेशामा सक्रिय रहँदैआएको छन् । अनुसन्धानात्मक समाचारका साथै विकृति एवं बेथिति विरुद्ध निर्भिकताकासाथ कलम चलाएर पु¥याएको योगदानवापत २५ औं लोकेन्द्र स्मृति पत्रकारीता पुरस्कार रामलाई प्रदान गरिएको हो ।
यसैगरी उमा सिंह वातावरण पत्रकारिता पुरस्कारबाट रेडियो नेपाल र कृष्णा दैनिकका सम्वाददाता दिनानाथ यादवलाई पुरस्कृत गरिएको छ । उनी विगत डेढ दशकदेखि सञ्चार क्षेत्रका साथै वातावरण संरक्षण क्षेत्रमा समेत डेढ दशकदेखि योगदान पुर्याउँदै आएका छन् । उक्त पुरस्कारको राशी एक हजार एक सय एघार रहेको छ ।
लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार कोषका संस्थापक सदस्य समेत रहेका राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल र पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले रामलाई संयुक्त रुपमा नगद, दोसल्ला तथा प्रमाण पत्र प्रदान गरेका छन् ।
सोही समारोहमा नागरिक समाज सप्तरीका कार्यवाहक अध्यक्ष थानसिंह भन्सालीले लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार कोष वृद्धिकालागि पाँच हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।