बिरेन्द्र बजार, २२ पुस । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर– ४ मधुपट्टीका तीन अग्नीपीडित परिवारलाई मङ्गलवार राहत वितरण गरिएको छ ।
धर्मी हल्फा महिला विकास क्लव सप्तरीद्वारा पीडितको गाउँ पुगेर राहत वितरण गरेको हो । गत पुस १४ गते आगलागीमा परि सर्वस्व गुमाएका सुरुङ्गा नगरपालिका वडा नम्बर ४ का पार्वती देवी राम, मन्जु देवी राम र मनतोरिया देवी रामको परिवारलाई क्लवका अध्यक्ष समाजसेवी ईन्जिनियर सुर्यनारायण यादवले राहत वितरण गरे ।
अग्नीपीडित परिवारलाई जनही त्रिपाल, झुल धोती, सारी, तन्ना, थाल, कन्ती, गिलास, डाडु १
–१ थानको दरले समाजसेवी ईन्जिनियर यादवले बितरण गरे । राहत वितरण कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने, सुरुङ्गा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष देबेन्द्र प्रसाद चौधरी लगायतका स्थानीय जनप्रतिनिधि लगायतका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियोे ।
आगलागीबाट दलित बस्तीका तीन परिवारको ५ वटा घर पुर्ण रुपले डढेर छ लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।