• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

चौध बुँदे मागसहित छिन्नमस्ता गाउँपालिकामा धर्ना जारी

चौध बुँदे मागसहित छिन्नमस्ता गाउँपालिकामा धर्ना जारी

राजविराज, २१ पुस । सामाजिक सुरक्षा भत्ता अविलम्व वितरण गर्नुपर्ने लगायत १४ बुँदे माग राखेर एक सातादेखि आन्दोलित नेपाल कम्युनिष्ट पार्टी संघर्ष समिति छिन्नमस्ताले सोमवार पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिएको छ ।
गत मङ्गलवारदेखि चरणवद्ध रुपमा आन्दोलन गर्दै आएका सषर्घ समिति आवद्ध जेष्ठ नागरिकसहितका युवाहरुले छिन्नमस्ता गाउँपालिका कार्यालय अगाडी धर्ना सुरु गरेका हुन् । सामाजिक सुरक्षा भत्ता (वृद्ध, एकल महिला, अपाङ्ग, दलित, बालबालिका) अविलम्व वितरण हुनुपर्ने, वडा भेला–गाउँसभा पारदर्शि ढंगले अविलम्व हुनुपर्ने, गत आर्थिक वर्षको आयव्याय सार्वजनिक हुनुपर्ने, कृषकहरुलाई सुलभ तरिकाले विउ विजन तथा मलखाद्य उपलब्ध हुनुपर्ने माग राखेर उनीहरुले आन्दोलन थालेका हुन् ।
यसैगरी उनीहरुले करार कर्मचारीको नियुक्ती प्रक्रिया सार्वजनिक गर्नुपर्ने, सूचना समयमा उपलब्ध गर्नुपर्ने, गत आर्थिक वर्षमा उपभोक्ता समितिले गरेको कार्यको भुक्तानी गर्नुपर्ने, भुमिविहिन, गरिब, दलित, अल्पसंख्यक समूदायको लागि विशेष योजना ल्याउनुपर्ने, मजदुर तथा किसान लक्षित विशेष योजना ल्याउनुपर्ने, वेरोजगार युवाहरुकालागि स्थानीयस्तरमा कृषि तथा पशुपालन योजनामा आधारित विशेष योजना ल्याउनुपर्ने, लागु पदार्थ, मदिरा, दुव्र्यसन विरुद्ध विशेष कार्यक्रम ल्याउनुपर्ने, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका योजनाहरु उत्पादनमुलक योजनासँग जोडनुपर्ने, गाउँपालिकामा भएको भ्रष्टाचार विरुद्ध सर्व पक्षित छानविन समिति गठन लगायत १४ बुँदे माग राखेका छन् ।
अझै माग सम्वोधन गर्ने–गराउनेतर्फ सम्वन्धित पक्षले ध्यान नपु¥याए थप सशक्त आन्दोलन गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् । धर्नाका कारण गाउँपालिका कार्यालयको कामकाज समेत प्रभावित भएको छ ।
कार्यालयको मुख्यद्वारमै दिउँसो १ बजेसम्म धर्ना बसेका कारण सो अवधिभर कार्यालयको सम्पूर्ण कामकाज पूर्णमा ठप्प भएको हो । सघर्ष समिति आवद्ध जेष्ठ नागरिकहरुले गत मङ्गलवार गाउँपालिका कार्यालय घेराउ गरेर आन्दोलन थालेका हुन् ।