• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जनमत पार्टीको विष्णुपुर गाउँपालिका समिति

जनमत पार्टीको विष्णुपुर गाउँपालिका समिति

राजविराज, २० पुस । डा सि. के. राउत नेतृत्वको जनमत पार्टीको विष्णुपुर गाउँपालिकाका तदर्थ समिति आइतवार गठन गरिएको छ ।
महेश प्रसाद यादवको अध्यक्षता आयोजना गरिएको एक कार्यक्रमका बीच राजेन्द्र प्रसाद साहको संयोजकत्वमा ५५ सदस्यीय गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा चुनेश्वर साह, सचिवमा महेश प्रसाद यादव, सह सचिवमा सुशिल साह, कोषाध्यक्षमा राजकुमार मण्डल, सह कोषाध्यक्षमा हरिलाल राम रहेको छ ।
सप्तरीमा पनि छिटै जनवर्गीय संगठनहरु विस्तार गरिने प्रमुख अतिथी जनमत पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीले जानकारी दिएका छन् ।