• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजनीतिकर्मी यादवद्वारा मलेठका ज्येष्ठ नागरिकलाई कम्बल

राजनीतिकर्मी यादवद्वारा मलेठका ज्येष्ठ नागरिकलाई कम्बल

राजविराज १३ पुष । समाजवादी पार्टीका नेता तथा समाजसेवी भिमराज यादवले मलेठका ज्येष्ठ नागरिक तथा सहिद परिवारलाई कम्बल वितरण गरेको छ ।
जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाद्वारा आइतवार आयोजित कार्यक्रममा राजविराज–९ मलेठका जेष्ठ नागरिक तथा सहिद परिवारलाई कम्वल वितरण गरिएको हो । मलेठ नहर चौक स्थित संस्थाको प्राङ्गणमा २५ जना जेष्ठ तथा सहिद परिवारका सदस्यहरूलाई कम्बल तथा संस्थाको क्यालेन्डर वितरण गरेको संस्थाका उपाध्यक्ष भोला यादवले बताए ।
चिसो छल्नकालागि कम्बल प्रदान गरिएको जुनतारा सहकारी संस्थाका अध्यक्ष भिमराज यादवले जानकारी दिए । उक्त अवसरमा जेष्ठ नागरिक तथा सहिद परिवारलाई वडा सदस्य चन्दर यादव, नेपाल पत्रकार महासंघका सहसचिव चन्दनकुमार यादब, संस्थाका उपाध्यक्ष भोला यादवले कम्वल तथा क्यालेन्डर प्रदान गरे ।
उक्त अवसरमा कोषाध्यक्ष रामचन्द्र यादव, सचिव रामचन्द्र कुमार यादव तथा समाजसेवी रामकिसुन यादव, सहाददत मियाँ लगायतको उपस्थिति थियो ।