राजविराज, ११ पुुस । प्रहरीले सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्वर–९ सिम्राहाबाट विहिवार लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वडा नम्वर १० खडकपुरका प्रेमकुमार मण्डल रहेका छन् । मण्डललाई मोटरसाइकलसहित प्रहरी चौकी देउरीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउने क्रममा पक्राउ गरेको हो ।
उनको साथबाट नीरटाभेट नामक ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ । मण्डलमाथि थप अनुसन्धान भईरहेको जनाएको छ ।