• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

शितलहरबाट जोगिएर बस्न प्रजिअ खनालद्वारा आग्रह

चिसोबाट जोगिन १८ वटै स्थानीय तहमा दाउरा वितरण
शितलहरबाट जोगिएर बस्न प्रजिअ खनालद्वारा आग्रह

राजविराज, ११ पुस । चिसोबाट जोगिन जिल्ला प्रशासन कार्यालय र जिल्ला वन डिभिजन कार्यालयले शुक्रवार संयुक्त रुपमा सप्तरीको १८ वटै स्थानीय तहको अधिकांश ठाउँमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाएको छ ।
विपन्न र दलित समूदायलाई लक्षित गरी ग्रामिण तथा शहरी क्षेत्रका विभिन्न ठाउँमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाएको हो । शितलहरसँगै बढेको चिसोले जनजीवन थप प्रभावित हुन थालेपछि जिल्ला प्रशासन र जिल्ला वन डिभिजन कार्यालयले संयुक्त रुपमा ९३ स्थानमा दाउरा वितरण गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, एसपी कृष्ण प्रसाईं, सशस्त्र प्रहरीका एसपी उद्व न्यौपाने, नेपाली सेना भिमदलगणका प्रमुख सेनानी गुप्त बहादुर कुँवर तथा जिल्ला वन डिभिजन कार्यालयका प्रमुख सन्तोष झा लगायतका व्यक्तिहरुले स्थानीय ठाउँमा पुगेर दाउरा वितरण गरेको छ ।
दाउरा वितरण गर्दै प्रमुख जिल्ला अधिकारी खनालले शितलहरबाट जोगिएर बस्न सर्वसाधारणलाई आग्रह समेत गरे ।