• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

मविव क्याम्पसमा समाजवादी विद्यार्थी युनियन गठन

मविव क्याम्पसमा समाजवादी विद्यार्थी युनियन गठन

वृजमान तामाङ
राजविराज, ११ पुस । सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा शुक्रवार आयोजित एक भेलाले क्याम्पसको समाजवादी विद्यार्थी युनियन गठन भएको छ ।
समाजवादी विद्यार्थी युनियन सप्तरीका अध्यक्ष सञ्जय कुमार यादवको अध्यक्षता तथा केन्द्रिय ईन्चार्ज एवं समाजवादी पार्टीका केन्द्रिय सदस्य अशोक कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित भेलाले ५१ सदस्य समिति गठन गरिएको हो ।
श्यामकुमार यादवको अध्यक्षतामा गठित समितिको उपाध्यक्षहरुमा अनिल कुमार साह, आसामा चौधरी, गजेन्द्र साह, मिथिलेश यादव, गोविन्द राई, सचिवमा मो. जकौला, सह सचिवमा अञ्जली साह, कोषाध्यक्षमा सर्निता यादवसहित ५१ सदस्यीय समिति सर्वसम्मतले गठन भएको छ ।
भेलामा समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादव, समाजवादी विद्यार्थी युनियनका वरिष्ठ केन्द्रिय उपाध्यक्ष रमेश कुमार यादव, महासचिवद्वय बरुण कुमार यादव र प्रकाश चाम्लिङ, केन्द्रिय सदस्य एवं मधेस प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष तारकेश्वर यादव, समाजवादी युवा संघका केन्द्रिय सचिव एवं मधेस प्रदेश समितिका अध्यक्ष आतेश कुमार सिंह, युवा नेता लक्षमण यादव लगायतको उपस्थिती थियो ।