• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

डाक्नेश्वरी नगरपालिका कार्यालयमा लगाइएको ताला खुलाउन २२ बुँदे सहमति

डाक्नेश्वरी नगरपालिका कार्यालयमा लगाइएको ताला खुलाउन २२ बुँदे सहमति

राजविराज, ११ पुस । जनप्रतिनिधि र कर्मचारी मिलेर आर्थिक अनियमितता गरेको आरोप लगाउँदै सप्तरीको डाक्नेश्वरी नगरपालिका कार्यालयमा युवाहरुद्वारा लगाइएको ताला खुल्ने भएको छ ।
ताला खुलाउन आन्दोलनरत संघर्ष युवा समिति तथा नगरपालिकाका पदाधिकारीहरुबीच शुक्रवार २२ वुँदे सहमति भएको हो । सहमतिअनुसार शनिवार नगरपालिका कार्यालयमा लगाइएको ताला खुलाइने छ । ‘नगरपालिकाको तर्फबाट नगरकी उपप्रमुख इन्दुदेवी यादवको संयोजकत्वमा गठित वार्ता टोलीसँग २२ वटा बुँदामा सहमति भएपछि भोली (शनिवार) ताला खोलिन्छ’ आन्दोलनरत संघर्ष युवा समितिका अरविन्दकुमार मण्डलले भने–‘समाजका भद्रभलादमी, राजनितिककर्मी, सञ्चारकर्मी लगायतको उपस्थितीमा भोली (शनिवार) ताला खोलिन्छ ।’
आन्दोलनरत युवाहरु गत मंसिर २९ गते नगरपालिका कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण नगरपालिकाबाट सम्पादन हुने सम्पूर्ण कामकाज प्रभावित थियो ।