• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

ठण्डीबाट जोगिन सशस्त्र प्रहरीद्वारा दाउरा वितरण

ठण्डीबाट जोगिन सशस्त्र प्रहरीद्वारा दाउरा वितरण

बिरेन्द्र बजार, १० पुस । सप्तरीमा अत्याधिक चिसोले जनजीवन प्रभावित हुनथालेपछि सशस्त्र प्रहरीले दाउरा वितरण गर्न शुरु गरेको छ ।
सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सितापुरद्वारा चोक तथा बस्तीहरुमा दाउरा वितरण गर्ने कार्य शुरु गरेको हो । सशस्त्र प्रहरीको टोलीले अग्निसाईर कृष्णासवरन गाउँपालिकाको विशाल चौक, सितापुर बजार, चाँदनी चौक लगायतका विपन्न समुदाय बसोबास गरेको स्थानमा दाउरा वितरण गरेको छ ।
यसैगरी रुपनी गाउँपालिकाको, बिरेन्द्र बजार, जगमोहन सहितका गाउँ बस्तीहरुमा दाउरा वितरण गरेको सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सितापुरले जनाएको छ । दाउरा वितरणसँगै ठण्डीबाट जोगिन सर्बसाधारणमा जनचेतना जगाउने समेत गरिएको बेसक्याम्प सितापुरका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक वीर बहादुर यादवले बताए । उलले अभियानलाई ठण्डी सिजनभरी निरन्तरता दिने समेत बताए ।
श्रोतसाधनको अभाव हुँदाहँुदै गाउँपालिका र वनसँगको समवन्यमा दाउराको ब्यवस्था गरि वितरण गरेको यादवले जानकारी दिए । एकसातादेखि शुरु भएको शीतलहरका कारण सप्तरीमा चिसो बढेको छ । चिसोले स्कुले बालबालिका, जेष्ठ नागरिक र गरिव तथा विपन्न परिवार बढी प्रभावित भएका छन् ।
चिसो बढेसँगै जिल्लाका अधिकांश सरकारी विद्यालयमा बिदा दिएको छ भने सामुदायिक विद्यालयहरुले स्थानीय सरकारको निर्णयको अवज्ञा गर्दै आएको छ । बिदा नहँुदा जाडोमा सामुदायिक विद्यालयका विद्यार्थी विद्यालय जान बाध्य भएका छन् । सामुदायिक विद्यालयले जाडोको लुगाको बाहाना बनाएर चर्को रकम असुल गरिरहेको भन्दै अभिभावकहरुले गुनासो गरेका छन् ।