• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा एक वर्षमा २२ जनाको हत्याः ईन्सेक प्रतिवेदन

सप्तरीमा एक वर्षमा २२ जनाको हत्याः ईन्सेक प्रतिवेदन

राजविराज, ८ पुस । सप्तरीमा २०१९ जनवरीदेखि डिसेम्बरसम्मको अवधीमा २२ जनाको हत्या भएको एक प्रतिवेदनले देखाएको छ ।
मानव अधिकार वर्ष पुस्तक २०२० को समिक्षा तथा मानव अधिकार अवस्था विषयक गोष्ठिमा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ । ०७५ पुष १७ गतेदेखि ०७६ पुस ८ गतेसम्म राज्यबाट एक युवक, अज्ञातबाट एक ज्येष्ठ नागरिक दम्पति, अज्ञातबाट दुई बालिका, छोराबाट एक ज्येष्ठ नागरिक बुवा, छोराबाट एक ज्येष्ठ नागरिक आमा, बुवाआमाबाट एक बालिका, आमाबाट दुई बालक र एक बालिका, पतिलगायत परिवारका सदस्यहरुबाट ६ महिला तथा युवाहरुको समूहबाट एक शिक्षक, अज्ञातबाट २ महिला, साथीहरुबाट एक बालक र एक युवक गरी २२ जनाको हत्या घटना भएको हो ।
ईन्सेक सप्तरी प्रतिनिधी मनोहर कुमार पोखरेलका अनुसार गोली प्रहारको २, बम विष्फोटको १, अपहरणको १, अपहरण प्रयासको एक, कुटपीटका दुई घटना, गर्भपतनको १, बालक कुटपीटको २, बालविवाहको १ घटना भएको छ । बलात्कारको घटनाबाट यो वर्ष ३२ बालिका पीडित, बालिका बलात्कार प्रयासका ६ घटनामा ६ जना, बाल यौन दुव्र्यवहारको ३ घटना भएको छ । बालबालिका अपहरणका ६ घटनामा पाँच बालिका र एक बालक पीडित भए भने ११ जना आरोपित रहे । आरोपितमध्ये ६ जना थुनामा छन्, तीन जना फरार छन् भने एक जना धरौटीमा रिहा भए एक जना बालसुधार गृहमा छन् । बालबालिका विरुद्धको कसूरको एउटा घटनामा एक जना धरौटीमा र बाल दुरुपयोगको एक घटनामा चार जनाले सफाई पाएको जनाईएको छ ।