• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

उप–प्रधानमन्त्री यादव र सहरी विकास मन्त्री राइद्वारा राजिनामा

उप–प्रधानमन्त्री यादव र सहरी विकास मन्त्री राइद्वारा राजिनामा

काठमाण्डौ, ८ पुस । उप–प्रधानमन्त्री एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री समक्ष राजिनामा पत्र बुझाएका छन् ।
तत्कालिन समाजवादी फोरम, नेपाल, तत्कालिन नेकपा एमाले तथा माओवादी केन्द्र बीच २०७५ ज्येष्ठ १४ गते संविधान संसोधन लगायत हामीले आन्दोलनको क्रममा उठाएको माग र मुद्दाहरु सम्बोधन गर्ने शर्तसहित दुई बुँदे सहमतिका आधारमा मात्र हाम्रो पार्टी सरकारमा सहभागी भएको कुरा राजिनामापत्रमा उल्लेख छ । पटक पटक संसदमा ती बिषयहरु प्रवेश सन्दर्भमा आफुहरुले कुरा उठाउँदै आएको तथा प्रधानमन्त्री समक्ष स्मरण पत्र दिए पनि अहिले बेवास्ता गर्दैआएको जनाईएको छ ।
२०७६ पुस ७ गते मन्त्री परिषद्को बैठकमा उप–प्रधान एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको हैसियतले आफु प्रस्ताव प्रस्तुत गरेकोमा उक्त प्रस्तावलाई अस्विकार गरि दुई बँुदे सहमतिबाट सरकार पछाडी हटेको तथा सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकोले नैतिकताको आधारमा सरकारमा बसिरहनुको औचित्य नभएको भन्दै यादवले आजकै मितिबाट लागु हुने गरि उप प्रधान एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजिनामा दिएको राजिनामा–पत्रमा उल्लेख छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री यादवले संविधान संशोधनकालागि सुझाव दिन विज्ञहरूको समूह गठन गर्न प्रस्ताव गरेका थिए । यादवको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ‘स्टप इट’ भन्दै ओलीले सिधै अस्वीकार गरेका थिए ।
यसैगरी समाजवादी पार्टीबाटै सहरी विकास मन्त्री मो. इस्तियाक राइले समेत मङ्गलबारै पदबाट राजिनामा दिएका छन् ।