राजविराज, ७ पुस । राजविराज उच्च बार एसोसिएसनद्वारा नेपाल बार एसोसिएसनको ६४औं स्थापना दिवसको अवसर पारेर बारका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा बारका संस्थापक अध्यक्ष वरिष्ठ अधिवक्ता रामअशिष सिंह, पूर्व अध्यक्षहरु वरिष्ठ अधिवक्ता हिम्मत सिंह, वरिष्ठ अधिवक्ता अमरबहादुर पाण्डे, वरिष्ठ अधिवक्ता रामकृष्ण गौतम, अधिवक्ता श्यामनारायण साह, अधिवक्ता हेमनारायण चौधरी, अधिवक्ता हेमनारायण चौधरी, अधिवक्ता महेन्द्र कुमार चौधरी र अधिवक्ता विजय कुमार यादव रहेका छन् । बार भवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ न्यायाधीश प्रकाशचन्द्र गजुरेलले पूर्व अध्यक्षहरुलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा न्यायाधीशहरु श्रीनारायण प्रसाद श्रेष्ठ, महेश पुडासैनी, शेखरचन्द्र अर्याल, लेखनाथ पौडेल, विपुल न्यौपाने, सिताराम मण्डल, श्यामजी प्रधान, लेखनाथ ढकाल, चन्द्रमणी ज्ञवाली, राजेन्द्र प्रसाद श्रेष्ठ, उमेश प्रसाद कोइराला, नारायण दाहाल, जवाहर प्रसाद सिंह, कृष्ण प्रसाद पौडेल, नन्दकिशोर प्रसाद यादव, सुदर्शन लामिछाने, दिपेन्द्र अधिकारी, गिता प्रसाद तिमिल्सिना लगायतले बारको स्थापनाबारे मन्तव्य व्यक्त गरे । सोही कार्यक्रममा सरुवा भएर आएका नयाँ न्यायाधीशहरुलाई बारका अध्यक्ष साहले स्वागत एवम् अभिनन्दन गरेका छन् ।
बारका अध्यक्ष रामानन्द साहको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता हिम्मत सिंह, वरिष्ठ अधिवक्ता देवनारायण यादव, वरिष्ठ अधिवक्ता कृष्णानन्द देव, बारका पूर्व अध्यक्ष श्यामनारायण साह, पार्वती जोशी लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य बारका उपाध्यक्ष श्यामकुमार पोखरेल तथा सञ्चालन कार्यसमिति सदस्य सुरेन्द्र प्रसाद यादवले गरे ।