• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

डाक्नेश्वरीमा युवाको मोटरसाइकल र्याली

डाक्नेश्वरीमा युवाको मोटरसाइकल र्याली

राजविराज, ५ पुस । सात दिनदेखि तालाबन्दी गर्दा पनि माग पुरा नभएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाका युवाहरुले शनिवार पातो बजारमा मोटरसाइकल ¥याली निकालेका छन् ।
स्थानीय यूवाहरुले निकालेको मोटरसाइकल ¥यालीले नारावाजी गर्दै बजार परिक्रममा गरेका हुन् । नगरपालिकाको हरहिसाब सार्वजनिक गर्न तथा यस अवधिमा खरिद गरिएका सामानहरुको विवरण तथा बिल समेत सार्वजनिक गर्न माग राख्दै नगरपालिकामा दुई साताअघि दिएको निवेदन उपर कुनै सुनुवाई नभएपछि उनीहरुहरुले गत मंसिर २९ गतेदेखि नगरपालिका कार्यालयमा तालाबन्दी गरेर प्रदर्शन गर्दै आएका छन् ।
तालाबन्दी गर्दा समेत आफुहरुका मागबारे नगरपालिकाले चासो नदिएको भन्दै स्थानीय युवा अरविन्द मण्डलले आक्रोश पोखे । नगरपालिका कार्यालयमा व्यापक आर्थिक अनियमितता भएको दावी गर्दै उनले आर्थिक पारदर्शिता नगरेसम्म आन्दोलन जारी नै राख्ने चेतावनी दिए ।
भ्रष्टाचार बन्द हुनुपर्ने, आर्थिक अनियमितताबारे छानवीन गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने लगायतका माग अघि सार्दै उनीहरुले आन्दोलन थालेका हुन् । यता, नगरपालिका प्रमुख शिवनारायण साहले समस्या समाधान गर्न युवाहरुसँग वार्ताको पहल भईरहेको जानकारी दिए ।