राजविराज, ३ पुस । गजेन्द्रनारायण सिंह अस्पतालमा विहीबार सम्पन्न चिकित्सकहरुको भेलाले नेपाल चिकित्सक संघ सगरमाथाको अध्यक्षमा डा. रणजित कुमार झा चयन भएका छन् ।
समितिको वरिष्ठ उपाध्यक्षमा डा. ज्ञानेन्द्र कुमार झा, उपाध्यक्षमा डा. प्राणेश कुमार यादव, सचिवमा डा. सरोजकुमार यादव, सह–सचिवमा डा. प्रमोद यादव, कोषाध्यक्षमा डा. महेश पोखरेल र सह–कोषाध्यक्षमा डा. राजेन्द्र दासलाई चयन गरिएको छ । समितिको सदस्यमा डा. ऋद्धिनाथ मण्डल, डा. संजित साह, डा. कृष्णदेव ठाकुर, डा. विशाल साह, डा. पंकज यादव र डा. कल्पना साह चयन भएको नव निर्वाचित अध्यक्ष डा. झाले जानकारी दिएका छन् । उक्त भेला डा. तिर्थनारायण लाल कर्णको अध्यक्षतामा चिकित्सक संघको अध्यक्षतामा आयोजना गरिएको थियो । भेलामा विभिन्न जिल्लाका चिकित्सकहरुको सहभागिता रहेको थियो ।
नव निर्वाचित अध्यक्ष झाले सोही कार्यक्रममा संघको केन्द्रीय उपाध्यक्षमा समेत उम्मेदवारीको घोषणा गरेका छन् । पछिल्लो समय संघको खस्किदै गएको साखलाई जोगाउन आफुले प्रयासरत रहँदै अगाडि बढ्ने उनले प्रतिवद्धता व्यक्त गरे ।