• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
साइकल यात्रीलाई सप्तरीमा सम्मान

शिवप्रसाद आचार्य
फत्तेपुर, २ पुस । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि सामुदायिक विद्यालयको शिक्षामा सुधारका निमित्त साइकल यात्रामा निस्केका बिराटनगर का एक यूवालाई बुधबार सप्तरी मा सम्मान गरिएको छ।
मोरङ को बिराटनगर घर भई बिराट चोक बस्दै आएका रबिन बिष्टलाई बुधबार सप्तरीको कञ्चनपुरमा नमुना सनसाइन इङलिस बोर्डिङ स्कुलले सम्मान गरेको हो । बिराटनगरदेखि प्रदेश नम्वर २ को स्थायी राजधानी जनकपुरसम्मको यात्रामा निस्केका बिष्टलाई विद्यालयले सम्मान गरेको छ ।
नेपालमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० मा धेरै भन्दा धेरै पर्यटक नेपाल भित्राउन यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुन आवश्यक रहेको साइकल यात्री बिष्टले बताए । नेपाल भ्रमण वर्ष २०२० को लोगो अंकित झन्डा र नेपाली राष्ट्रिय झण्डा फरहाउदै आएका बिष्टले बुद्ध जन्मेको शान्तिप्रिय देश नेपालका थुप्रै घुम्न लायक ठाउँ रहेकाले आन्तरिक वा वाह्य पर्यटक समक्ष ती ठाउँको प्रचार पुर्याउन जरुरी रहेको बताए ।
बृहत राष्ट्रिय शिक्षा अभियानमा आवद्ध भई शिक्षा क्षेत्रमा काम गर्दै आएका बिष्टले सामुदायिक विद्यालयको खस्कदो शिक्षालाई अब पुरातन शिक्षाको रुपमा नभई आधुनिक र सीप र प्रविधीमैत्री हुनुपर्ने बताए । साइकल यात्रालाई बृहत राष्ट्रिय शिक्षा अभियान नेपालले प्रायोजन गरेको थियो ।