राजविराज, २ पुस । जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले कृषि क्षेत्रमा आय आर्जन र रोजगारीको सम्भावना रहेको भन्दै समूहगत व्यवसायिक खेती गर्नुपर्नेमा जोड दिएका छन् ।
सेभ द सप्तरीले बुधबार राजविराजमा आयोजना गरेको जिल्ला कार्यक्रम सल्लाहकार समितिको भ्रमण परियोजना समिक्षा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । प्रमुख अतिथी यादवले सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा विपन्न वर्गलाई पहिचान गरी कृषक समूह मार्फत आय आर्जन गर्न अनुदान दिएर समूहगत खेती गर्न थप प्रेरित गर्नुपर्नेमा जोड दिए । विपन्न समुदायलाई लक्षित गरी सेभ द सप्तरीद्वारा सञ्चालन गरिएको कार्यक्रमको उनले सराहना गरे । छिन्नमस्ता गाउँपालिकाको हाटीमा लक्ष्मी कृषक समूहले २ बिगहा ५ कठ्ठामा लगाएको धानबाली पछि तरकारीबालीबाट आय आर्जन गरेपछि विपन्न परिवारको युवालाई विदेश जाने चिन्ता हटेको भन्दै छोराछोरीलाई पढाउने बाटो समेत खुलेको उनले बताए ।
कार्यक्रममा सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक अरुण कुमार महतोले समुन्नती कार्यक्रम अन्रगत सप्तरीको विष्णुपुर, छिन्नमस्ता र तिलाठी कोइलाडी लगायतका गाउँपालिका र नगरपालिकामा कृषि, स्वास्थ्य, शिक्षा, बालबालिका पोषण, किशोरीहरुको प्रजनन् स्वास्थ्य तथा महिलाको प्रसुती स्थानीयस्तरमै गराउन सामग्री तथा अनुदान सहयोग गर्दै आएको जानकारी दिए । सेभ द चिल्ड्रेनले आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिँदै समुदायकालागि कार्य गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरीले साझेदारी कार्यक्रम अन्तर्गत उमेश्वर आधारभुत विद्यालय लौनियाँ र राजाजी आधारभुत विद्यालय बनरझुलामा दुईवटा भवन निर्माण, सूचना प्रविधिको माध्यमद्वारा बालविकास केन्द्रको भवन निर्माण र सिकाई सञ्चालन गर्न ल्यापटप, प्रोजेक्टर, पेनड्राइभ र साउण्ड बक्स प्रदान गरेको जानकारी दिए ।
यसैगरी १२ वटा आमा समूहमा प्रजनन् उमेर समूहका लािग स्वास्थ्य शिक्षा सत्र संचालन ११ वटा स्वास्थ्य चौकीमा गुणस्तर सुधार टोली गठन, प्रसुति गृह तोपा, लौनियाँमा भवन मर्मत सम्भार लगायतको कार्य गरेका उनले बताए ।
सेभ द सप्तरीका अध्यक्ष ध््र्ूवदेवको अध्यक्षतामा आयोजित भ्रमण समिक्षा बैठकमा जिल्ला समन्वय समिति सप्तरीका सल्लाहकार विनोद यादव, विष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल, सत्यनारायण थारु, समुन्नती कार्यक्रम अधिकृत अर्चना खातुन, कार्यक्रम परिवेक्षक पिंकी देव, राजीव चौधरी, दुर्गानन्द शर्मा, कृषि प्रविधिक राम कुमार साह, सगरमाथा अपाङ्ग संघका बलदेव मण्डल, खोनपानी कार्यक्रम सप्तरीका राम प्रसाद साह लगायतको उपस्थिति थियो ।