• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

शिव प्रसाद आचार्य
सप्तकोशी, १ पुस । सप्तकोसी नगरपालिकाको विभिन्न वडाबाट बरामद गरिएको अवैध घरेलु रक्सी मङलबार प्रहरीले नष्ट गरेको छ ।
फत्तेपुर प्रहरी चौकीको टोलीले गस्तीका क्रममा नगरका विभिन्न वडाहरुबाट बरामद गरेको करिब ५ सय लिटर घरेलु मदिरा मङ्लबार नष्ट गरेको प्रहरी चौकी फत्तेपुरका प्रहरी नायव निरीक्षक अयोध्या शरण यादवले जानकारी दिए ।
गाउँघरमा घरेलु रक्सीका कारण चोरी, डकैती ,कुटपीट, झैं–झगडा बढ्दै गएकोले कडाईका साथ यसको नियन्त्रण गरिने उनले बताए । फत्तेपुर प्रहरीले यसभन्दा अघि पनि घरेलु रक्सी बरामद गरि नष्ट गरेको थियो ।