राजविराज, ३० मंसिर । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र सिटीईभिटीको संयुक्त साझेदारीमा पोलीटेक्निक ईन्सिटच्युट सञ्चालनमा आएको छ ।
नगरको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र यादव, सिटिईभिटीका निरज चौधरी लगायतको उपस्थितमा तत्काल हनुमाननगर स्थित महावीर माध्यमिक विद्यालयको भवनमा कक्षा सञ्चालनमा ल्याईने भएको हो । सोमवार एक कार्यक्रम बीच ईन्सिटच्युटको उद्घाटन गरिएको र विस्तारै आफ्नै भवन सहितको पूर्वाधार निर्माण गरिने नगर प्रमुख शैलेश साहले जानकारी दिएका छन् । मेयर साहले भने ‘अहिले २७ जना प्राध्यापक छनौट गरी ईन्सिटच्युट सञ्चालन गरेका छौ र आवश्यकता अनुसार जनशक्ति र सेवा विस्तार गरिनेछ ।’
प्राविधिक शिक्षाको लागि आर्थिक वर्ष २०७६÷०७७ मा छुट्याईएको कुल एक करोड रकम मध्येबाट सञ्चालनमा ल्याईएको ईन्सिटच्युटमा अहिले तीन वर्षे इन्जिनियरिङ्गÞ र सर्वे अफिसरको पढाई हुने नगरपालिकाका सुचना अधिकारी अमित पाठकले जानकारी गराए । ईन्सिटच्युटमा अध्ययनकोलागि सप्तरी, सिरहा र सुनसरी लगायतका जिल्लाहरूबाट अहिले ४० जनाको विधार्थी भर्ना लिईएको उनले बताए ।