• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विपन्न लक्षित छात्रवृत्तिमा विशेष ध्यान पुरयाउन आग्रह

विपन्न लक्षित छात्रवृत्तिमा विशेष ध्यान पुरयाउन आग्रह

राजविराज, २७ मंसिर । दलित सरोकार मञ्च नेपालले शुक्रवार सप्तरीको राजगढ गाउँपालिकामा विपन्न लक्षित छात्रवृत्ति फारम भर्ने प्रक्रिया सम्वन्धि एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ ।
सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा आइटी अफिसरहरुलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको हो । अभिमुखिकरण समापनका अवसरमा गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले विद्यालयमा गुणस्तरीय शिक्षा तथा विपन्न लक्षित छात्रवृत्तिका बारेमा विशेष ध्यान दिन विद्यालयका प्रधानाध्यापकहरुलाई आग्रह गरे ।
उनले गाउँपालिका अन्तर्गतका कतिपय माध्यमिक विद्यालयहरुमा कम्प्युटर तथा प्रोजेक्टर नरहेको अवस्थामा गाउँपालिकाका प्रशासकीय अधिकृत उपलब्ध नरहेका कारण त्यस्ता उपकरण उपलब्ध गराउन विलम्व भएको स्विकार्दै भने–‘आगामी दिनमा यस्ता समस्यामा विशेष ध्यान दिने छौं ।’ यूरोपियन यूनियनको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा प्रधानाध्यापकहरुले अभिमुखिकरण उपलब्धिमूलक रहेको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रममा मञ्चका सुचना अधिकृत सुनील सरवरीयाले सहजिकरण गरेको आयोजक संस्थाका संयोजक राजकुमार पासवानले बताए । उक्त गाउँपालिकामा ३ माध्यमिक र १ निम्न माध्यमिक गरी कुल ४ वटा विद्यालय छन । मञ्चले यसअघि पनि जिल्लाको बोदे बर्साईन नगरपालिका र तिरहुत तथा विष्णुपुर गाउँपालिकामा छात्रवृत्ति सम्वन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिसकेको जनाएको छ ।