• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रतवालामा आँप प्रशोधन केन्द्रको शिलान्यास

रतवालामा आँप प्रशोधन केन्द्रको शिलान्यास

महुली, २६ मंसिर । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिकाको वडा नम्वर ६ स्थित रतवालामा आँप प्रशोधन केन्द्र स्थापना हुने भएको छ ।
साविकको वकधुुवा गाविसको वडा नम्वर ८ रतवलामा अवस्थित २४ विगाहा खाली जग्गा मध्ये उत्तरतर्फको तीन विगाहा क्षेत्रफलमा सो केन्द्रको भवन बन्ने भएको हो । विहिवार निर्माणस्थलमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय सभाका सदस्य तथा नेकपाका नेता एवम् सांसद सुमनराज प्याकुरेलले उक्त केन्द्रको शिलान्यास गरेका हुन् ।
नेपाल सरकार संघीय ममिला तथा सामान्य प्रशासन मञ्त्रालय अन्तर्गत तराई मधेश समृद्धि कार्यक्रमको ९० र स्थानिय सरकार अर्थात गाउँपालिकाको १० प्रतिशतको साझेदारीमा जम्मा २५ लाखको लागतमा केन्द्रको प्रारम्भिक कार्य शुरु हुन लागेको वडा नम्वर ६ कि वडा अध्यक्ष कुसुम सापकोटाले जानकारी दिइन् ।
चालु आ.व.भित्र इष्टिमेट बमोजिमको कार्य सम्पन्न हुने गरी शुरु भएको सो दिर्घकालिन योजनाको पूर्वाधार निर्माणको सम्पूर्ण लागत पाँच करोड रहेको जनाइएको छ । गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि सांसद प्याकुरेलले प्रशोधन केन्द्रको भौतिक, प्राविधिक तथा वजार विकासकोलागि आवश्यक सम्पूर्ण वजेटको ब्यवस्था गर्न संघीय सरकारसँग पहल गर्ने आश्वाशन दिए ।
स्थानिय बोधराज सुवेदीले सञ्चालन गरेको उक्त कार्यक्रममा साविक हरिहरपुर र बकधुवा गाविसका पूर्व अध्यक्षद्धय बद्रीनारायण चौधरी र मोतीलाल चौधरी लगायतले उक्त केन्द्रको सफल निर्माण तथा सञ्चालनको शुभकामना दिए । वडा नम्वर ६ कि अध्यक्ष सापकोटाले स्वागत मन्तब्य ब्यक्त गरिन् ।