बृजमान तामाङ
विरेन्द्र बजार, २५ मंसिर । सप्तरीको अग्निसाईर कृष्णासवन गाउँपालिकाका तामाङ महिलाहरू संगठित भएकी छन ।
राज्यको विभेदकारी नीति र पारिवारीक तिरस्कार विरुद्ध लड्दै अधिकार सुनिश्चितताकोलागि महिलाहरू एकजुट भएकी हुन । नेपाल तामाङ घेदुङ अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष सन्जमान तामाङको अध्यक्षता तथा घेदुङ्का पुर्व केन्द्रिय सदस्य खड्ग बहादुर खड्ग बहादुर तामाङको प्रमुख आतिथ्यमा चाँदनी चौकमा बुधबार सम्पन्न तामाङ महिलाहरूको भेलाले सरस्वती तामाङको नेतृत्वमा ९ सदस्य समिती गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा बिभा कुमारी तामाङ, सचिवमा भद्र कुमारी लामा, सह सचिवमा फुलमाया तामाङ र कोषाध्यक्षमा सरिता योन्जन तामाङ सर्वसम्मतले चयन भएकी छन । समितिको सदस्यहरुमा भावाना तामाङ, लगुमाया तामाङ, मनिसा तामाङ र पंकि तामाङ रहेकी छन ।
भेलाले मैतीमाया तामाङ, कामु तामाङ, हस्तमाया तामाङ संतोषी तामाङ र संजिमाया तामाङ रहेको सल्लाहकार समिति गठन गरिएको नव गठित समितिका अध्यक्ष तामाङले जानकारी दिएका छन ।