बिरेन्द्र बजार, २२ मंसिर । सप्तरीको अग्निसाईर कृष्णासवन गाउँपालिका वडा नम्बर ६ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा शनिवार एक दिवसीय स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरियो । लाईन्स कल्व एभरेस्ट डाईमाण्ड र रेडक्रस उपशाखा महुलीको सहयोगमा विद्यालयद्वारा स्वास्थ्य शिबिर तथा रक्तदान कार्यक्रम आयोजना गरेको हो । विद्यालय हातामा आयोजित शिबिरको अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले रक्तदान गरेर उद्वघाटन गरे ।
शिबिरमा १ सय ९३ जनाले स्वास्थ्य जाँच गाराए भने अध्यक्ष चौधरी, वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव सहितका ३९ जनाले रक्तदान गरेका छन् । उक्त शिविरमा बिराट नर्सिङ होम बिराटनगरका वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा ल्याप्रोस्कोपी सर्जन डा. ज्ञानेन्द्रमान सिंह कार्की, डा.भानुभक्त न्यौपाने, वरिष्ठ जेनरल फिजिसियन डा. प्रवेज कुमार, वरिष्ठ हार्ड जोर्नी तथा नशा विशेषज्ञ डा. प्रदीप कुमार गुप्ता, वरिष्ठ जेनरल सर्जन डा. आरके सावु, वरिष्ठ नशा रोग विशेषज्ञ ( स्पाईन सर्जन ) डा. विवेक बैध, वरिष्ठ बालरोग नवजात शिशु बिषेशज्ञ डा. हेम सागर रिमालले रोगीहरुको जाँच गरेको शिक्षक प्रमोद कुमार चौधरीले बताए । शिबिरमा जाँच गराएको बिरामीलाई अपरेसन सहित उपचार गर्नु परेमा बिराट नर्सिङ होममा २५ प्रतिशत छुटमा उपचारको ब्यबस्था मिलाएको आयोजकले जनाएको छ ।