• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

लायन्स क्लवद्वारा राजविराजमा निःशुल्क कान शिविर

लायन्स क्लवद्वारा राजविराजमा निःशुल्क कान शिविर

राजविराज, २२ मंसिर । लायन्स क्लब सप्तरीद्वारा आइतबार एक दिने निःशुल्क कान जाँच शिविर आयोजना गरेको छ ।
शिविरमा बालबालिका, बृद्धबृद्धा, युवा, महिला गरी २ सय २५ जनाको निःशुल्क परीक्षण गरिएको क्लबका अध्यक्ष दिनेशकुमार साहले जानकारी दिएका छन् । इमप्याक्ट नेपाल कान उपचार केन्द्र राजविराज तथा लक्ष्मी गणेश बचत सहकारी संस्थाको संयुक्त समन्वयमा आयोजित शिविरमा स्थानीय लाली गुराँस माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाको पनि निःशुल्क कान परिक्षण गरिएको कान उपचार केन्द्रका कान सहायक हलेश्वर माझीले बताए ।
राजविराज नगरपालिका ९ बिहारपुर वस्तीमा गरिब, निःसहाय, दलित, अल्पसंख्यकसहित सर्वसाधारणलाई लक्षित गरी शिविर आयोजना गरिएको थियो । शिविरमा चिसोका कारण कान दुख्ने, कान कम सुन्ने, कानमा पिप भएको जस्तो विरामी आएको अर्का कान सहायक अरबिन्दकुमार मण्डलले जानकारी दिए । उनका अनुसार कानको चेकजाँच पछि केहीलाई आवश्यक औषधि सिरफारिश गरिएको छ भने जटिल प्रकृतिका कानका विरामीलाई थप उपचारका लागि सल्लाह दिईएको छ ।
कानको नियमिति परीक्षण गराउनुपर्ने जनचेतना स्तर कम रहेका कारण ग्रामिण वस्तीलाई लक्षित गरी शिविर सञ्चालन गरेको क्लबका उपाध्यक्ष बौआलाल यादवले कानलाई सफा राख्न, तेल हाल्न नहुने, नुहाउँदा कानमा कपास राखेर नुहाउने जस्ता कुरामा ध्यान नदिदा कान खराब हुने गरेको बताए । उनका अनुसार कानलाई सुरक्षित राख्न, नियमिति जाँच गराउने सम्बन्धी जाँच गराउन आएका व्यक्तिहरुलाई सुझाव सल्लाह समेत प्रदान गरिएको छ ।
कान उपचारमा संलग्न कान सहायकहरुले कान भित्र पानी नपार्ने, जथाभावी कुनै झोल पदार्थ नहाल्ने, जथाभावी कान नकोट्याउने, सिँ गरेर सिंगान नफ्याँक्ने, चर्को आवाजबाट बच्ने, रुघाखोकी लागेमा तुरुन्त उपचार गराउने, बच्चालाई दूध खुवाउँदा टाउको सोझो र माथि पारेर खुवाउने र जथाभावी औषधिहरु प्रयोग नगर्ने कुरामा विषेश ध्यान पु¥याउन सुझाव दिए ।