• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सामाजिक रुपान्तरणमा महुली सामुदायिकको योगदान उदाहरणीयः अध्यक्ष चौधरी

सामाजिक रुपान्तरणमा महुली सामुदायिकको योगदान उदाहरणीयः अध्यक्ष चौधरी

बृजमान तामाङ्ग
बिरेन्द्र बजार, २१ मंसिर । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले सामाजिक रुपान्तरणमा महुली सामुदायिक विकास केन्द्रको योगदान उदाहरणीय रहेको बताएका छन् ।
सप्तरीको महुलीमा शनिबार महुली सामुदायिक विकास केन्द्रको २५ औं साधारणसभालाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा शुभकामना दिदै अध्यक्ष चौधरीले २५ बर्षको लामो ईतिहासमा नाफामुखी भन्दा सेवाको भावानाले सामाजिक परिवर्तन योगदान गरेको भन्दै प्रशंसा गरे । अति बिपन्न, गरिव, पीडित महिला सशक्तीकरणमा र आर्थिक रुपान्तरणमा केन्द्रले गरेको योगदान उदाहरणीय रहेको चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथि चौधरीले बिकासका लागि सहकारी संस्थासँग सहकार्य गर्न तत्पर रहेको बताए ।
केन्द्रले गाउँपालिकामा कम लगानीमा अति विपन्नकालागि अघि सारेको नमुना आवास कार्यक्रममा हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । महुली सामुदायिक विकास केन्द्रका अध्यक्ष राम लगन मण्डरको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष मिना चौधरी, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, पुर्व अध्यक्ष श्यामकान्त चौधरी, ईलाका प्रहरी कार्यालय महुलीका ईन्चार्ज प्रशान्त प्रसाद प्रसाईं, केन्द्रका सक्रिय सदस्य बोधराज सुवेदी लगायतकाले समेत शुभकामना मन्तब्य व्यक्त गरे ।
पुहुप नारायण चौधरीद्वारा सञ्चालित कार्यक्रममा स्वागत केन्द्रका माहासचिब श्रवण कुमार चौधरीले गरे । साधारण सभामा केन्द्रका कार्यकारी सचिब प्रभुनारायण चौधरीले आर्थिक, प्रगति,सांगठनिक प्रतिवेदन सहितको भावी नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
प्रस्तुत प्रतिबेदनमा २५ औं बर्षको अबधिमा विभिन्न साझेदारी संस्थाको सहकार्यमा ४८ वटा महत्वोपुर्ण परियोजना सफल गरेको उल्लेख गरेको छ । ९० जना सदस्य रहेको केन्द्रले यस अबधिमा ३२ करोड ८५ लाख, १८ लाख, ३ सय ६० रुपैयाँको कारोबार गरेको सचिब चौधरीले प्रतिबेदन प्रस्तुत गरे । चौधरीद्वारा प्रस्तुतआगमी आब २०७६÷०७७ को लागि सामुदायिक आवास, सरसफाइ, युवा जनचेतना बिकास तथा महिला सशक्तीकरण कार्यक्रम सहितका योजनामा ४ करोड ६२ लाख, १० हजारको बजेट बन्द सत्रबाट सर्वसम्मत पारित भएको जनाएको छ ।
साधारणसभाबाट आगामी ३ बर्षे कार्यकालका लागि संचालक समिति चयन हुने सञ्चालक समिति सदस्य दुर्गानन्द चौधरीले जानकारी दिए । सर्वसम्मत समिति चयनका लागि बन्दसत्रमा गम्भीर छलफल भईरहेको जानकारी दिदै उनले शनिबार रातिसम्म सहमति जुट्न नसकेको बताए ।