• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रहरीद्वारा गाँजा बोट नष्ट

राजविराज, १९ मंसिर । ईलाका प्रहरी कार्यालय ठेलियाबाट खटिएको प्रहरी टोलीले सप्तरीको कञ्चनरुप नगरपालिका–११ पुरानो ठेलियाबाट अवैध गाँजा बोटहरु नष्ट गरेको छ ।
उक्त टोलमा विभिन्न व्यक्तिहरुले आँगन र करेसाबारीमा लगाएको अबैध गाँजाको बोट नष्ट गरिएको हो । कुल १ सय १७ ओटा वोट फडानी गरी तत्कालै आगो लगाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् ।