• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

किशोर किशोरीलाई कानूनी शिक्षा विषयमा तालिम

किशोर किशोरीलाई कानूनी शिक्षा विषयमा तालिम

राजविराज, १२ मङ्सिर । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत विहिवार सप्तरीको राजविराजमा ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ मूल नाराका साथ किशोर किशोरी कानूनी शिक्षा विषयमा तालिमको आयोजना गरिएको छ ।
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मूल समारोह समिति सप्तरीले सो तालिमको आयोजना गरेको हो । पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा आयोजना गरिएको तालिममा कक्षा ९, ११ र १२ का एक सय १५ जना किशोर किशोरीलाई कानून व्यवसायीहरुले संविधान र कानूनी ज्ञानका बारेमा जानकारी गराइएका छन ।
अधिवक्ता मीना देवले ‘बालविवाहको संविधानमा मौलिक हक र कानूनी अधिकार’ शिर्षकमा, अधिवक्ता दानो चौधरीले ‘विहेबारी र बालविवाहको कानूनी व्यवस्था’ शिर्षकमा र अधिवक्ता रंजिता रिजालले ‘यौन दुव्र्यवहार र बालयौन दुराचार’ शिर्षकमा किशोर किशोरीलाई तालिम दिएकी छन् ।
सप्तरी जिल्ला बार एकाईका अध्यक्ष डोमन साहको अध्यक्षता तथा समितिका मनोहर पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित तालिममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, शिक्षकहरु गिरीराज पौडेल, रासस प्रतिनिधी पुनम पोखरेलले मन्तव्य राखेका छन् ।
शिक्षक लक्ष्मण मेहता, समग्र जनउत्थान केन्द्रकी सहजकर्ताहरु लक्ष्मी परियार र निरज जायसवालको समेत तालिममा उपस्थिती रहेको जनाएको छ ।