• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
दुई हजारबढी गाँजा बोट फडानी

राजविराज, ०८ मंसिर । सप्तरीको महादेवा गाउँपालिका–२ का स्थानीयहरुले खेतवारी तथा आँगनमा लगाएको २ हजारबढी गाँजा बोट आइतवार प्रहरीले फडानी गरेको छ ।
ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीले सो गाँजा बोट फडानी गरेको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार २ हजार १ सय गाँजा बोट फडानी गरी नष्ट गरिएको छ । सामूदायिक प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत प्रतिवन्धित गाँजा बोट फडानी गरी नष्ट गर्ने कार्यलाई तिव्रता दिइएसँगै सो ठाउँमा फेला परेका ती गाँजा बोटलाई फडानी गरिएको जनाएको छ ।