• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लैङ्गिक हिंसा सम्वन्धि अभिमुखिकरण

राजविराज, ०६ मंसिर । सप्तरीको राजगढ गाउँपालिका–१ राष्ट्रिय प्राथमिक विद्यालय झुटकीमा लैङ्गिक हिंसा सम्वन्धि दुई दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ ।
विद्यालय र प्रहरी चौकी झुटकीले संयुक्त रुपमा लैङ्गिक हिंसा सम्वन्धि दुई दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा लैङ्गिक हिंसा सम्वन्धि ऐन–कानूनी तथा उजुरी गर्ने प्रक्रियाबारे सहभागीहरुलाई जानकारी गराइएको छ । अभिमुखिकरणमा एक सय जनालाई सहभागी गराइएको प्रहरीले जनाएको छ ।